खुसीको खबर ! बेलायत सरकारले नेपाललाई रेड लिस्टबाट हटायो — OSNepal

खुसीको खबर ! बेलायत सरकारले नेपाललाई रेड लिस्टबाट हटायो

LC (KTM) October 08, 2021 0

काठमाडौँ २२ असोज । आउँदो सोमबारबाट लागु हुन गरी बेलायतले नेपाललाई रेड लिस्ट (रातो सुची)बाट हटाउने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रण गर्नको लागि बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सुचीमा राखेको थियो ।

बेलाययतले बिहिबारबाटा ४७ वटा देशलाई रातो सुचीबाट हटाएको हो । रातो सुचीबाट नेपाललाई हटाएसँगै नेपाले खुसी व्यक्त गरेको छ । नेपाललाई रातो सुचीबाट हटाएको भन्दै बेलायती राजदूत निकोला पोलिटले ट्वीटरमार्फत जानकारी दिएकी हुन् ।

उनले यो नियम सोमबारबाट लागु हुने समेत जनाएकी छन् । लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले नेपाललाई रातो सुचीबाट हटाएको भन्दै बेलायत सरकारको निर्णय स्वागतयोग्य जनाएकी छन् ।

४७ देशलाई हटाएसँगै अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सुचीमा रहेका छन् ।

यो नियमसँगै अब नेपालबाट ब्रिटेन यात्रा गर्ने यात्रुहरूलाई सहज हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर