टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले दुखी हुँदै सुनाइन बलिउडमा प्रेवश गदाृको अनुभव — OSNepal

टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले दुखी हुँदै सुनाइन बलिउडमा प्रेवश गदाृको अनुभव

LC (KTM) October 08, 2021 0

करिश्मा कपुर स्थापित बलिउड अभिनेत्री हुन् । राज कपुरकी नातिनी तथा रणधीर कपुरकी छोरी करिश्माले आफूले पनि अन्य कलाकारले झैँ स्ट्रगल गरेर बलिउडमा स्थापित भएको बताएकी छिन् ।

एक टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले आफूले आफ्ना अग्रजबाटै मिहिनेत गर्न सिकेको बताइन् । ुमलाई अभिनयमा आउन सहज भयो, यद्यपि दर्शकको मन जित्न मैले पनि उत्तिकै मिहिनेत गरेकी छु,ु उनले डेब्यु समयको अनुभव साटिन् ।

आफू एक्लै रोड क्रस गर्नसमेत डराउने हुँदा पनि अभिनयको नशा रगतमै रहेको बताइन् । ुम एक्लै बसेर अभिनय गर्ने कोसिस गर्थे । ऐनालाई मेरो गुरु वा समीक्षक भन्न सकिन्छ किनकि त्यहाँ हेरेर धेरै कुरा सिकेकी छुँ,ु उनले भनिन् । उनका पिता रणधीरले पनि आफ्नो हजुरबुवा र बुवामार्फत सिकेको सिकाइलाई करिश्मा र करिनासम्म पुर्‍याउने कोसिस गरेको बताए ।

करिश्मा पछिल्लो समय अभिनयमा सक्रिय छैनन् । यद्यपि उनी बेलाबखतमा रियालिटी शोमा देखिने गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर