अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल — OSNepal

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल

LC (KTM) May 23, 2021 0

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ ।

वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनले भनेका छन्,’केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस- हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर : नेपाल राष्ट्र बैंकले आज आइबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर