पिताबाट मुक्त भएपछि पपस्टार ब्रिट्नीको अनौठो खुसियाली, भनिन् 'अब मलाई कसैको पनि डर छैन्' — OSNepal

पिताबाट मुक्त भएपछि पपस्टार ब्रिट्नीको अनौठो खुसियाली, भनिन् ‘अब मलाई कसैको पनि डर छैन्’

LC (KTM) October 08, 2021 0

लामो समयदेखि आफ्नो पिताको संरक्षणबाट मुक्त हुनका लागि कानुनी संघर्ष गरिरहेकी अमेरिकी पपस्टार ब्रिट्नी स्पेयर्सले उक्त मुद्दामा जित हासिल गरेकी छिन्‌।
ब्रिट्नीले झेल्दै आएको स्थिति ठीक नरहेको र ब्रिट्नी विषाक्त वातावरणमा रहेको उल्लेख गर्दै हालै अमेरिकाको लस एन्जलसस्थित एक अदालतले यस मामलामा फैसला ब्रिट्नीको पक्षमा फैसला सुनाएको छ। जसअनुसार १३ वर्षदेखि ब्रिट्नीको व्यक्तिगत तथा व्यावसायिक मामलाको फैसला गर्दै आएका उनका पीता जेमी स्पेयर्सलाई यस अधिकारबाट निलम्बित गरेको छ।

ब्रिट्नी सन २००८ देखि आर्थिक‚ वित्तीय तथा मानसिक फैसलाका लागि पितामा आश्रित थिइन्‌। जसअनुरूप ब्रिट्नीको व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्मका सम्पूर्ण निर्णय उनको पिताले गर्ने गर्दथे। ब्रिट्नी यस्तो खालको अपमानजनक सरक्षणबाट मुक्त हुनपर्ने माग गर्दै कानुनी लडाइँ लड्दै आएकी थिइन्‌। उनले आफूलाई पिताले केही वर्षदेखि लागुऔषध सेवन गराउँदै‚ आफ्नो इच्छाविपरित विभिन्न कार्यमा लगाउने नेपाल समचारपत्रमा खबर छ । गरेको र आफ्नो शरीरमा गर्भवती हुन नसक्ने यन्त्र जडान गरिएको आरोप लगाउँदै आएकी थिइन्‌। साथै ‚आफू प्रेमीका साथ विवाह गरेर बच्चा जन्माउन चाहे पनि पिताले आफ्नो शरीरमा जडान गरेको यन्त्र हटाउन डाक्टरकोमा जान अनुमति नदिएको समेत आरोप लगाएकी थिइन्‌।

लामो समयदेखिको लडाइँ जितेपछि ब्रिट्नीले अनौठो किसिमले यसको खुसियाली मनाएकी छिन्‌। उनले आफ्नो जीवनमा परिवर्तन गर्न र खुसीयाली मनाउनका लागि धेरै कुरा रहेको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा विभिन्न पोजका नग्न तस्वीर राखेकी छिन् भने प्रेमी सेम असगरीका साथ केही फोटो सेयर गरेकी छिन्‌। ब्रिट्नीको स्वतन्त्रताका लागि उनका समर्थकहरूले ‘फ्री ब्रिट्नी’ नामक अभियानसमेत चलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर