मिगौँला,मुटु र पक्षघात रोगबाट थलिएका ३८ वर्षीय टेकबहादुरको उपचारका लागि आफ्नो जन्मदिनमा नारायणले दिए बीस हजार — OSNepal

मिगौँला,मुटु र पक्षघात रोगबाट थलिएका ३८ वर्षीय टेकबहादुरको उपचारका लागि आफ्नो जन्मदिनमा नारायणले दिए बीस हजार

LC (KTM) October 08, 2021 0

मिगौँला, मुटु र पक्षघातसम्बन्धी स्वास्थ्य समस्याबाट थलिएका धवलागिरि गाउँपालिका–४ मुदीका ३८ वर्षीय टेकबहादुर गर्बुजाको औषधि उपचारका लागि आफ्नो जन्मदिनका अवसरमा रु बीस हजार उपलब्ध गराउँदै निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसी ।

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी-नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी हुनुभएको छ । रावल ६०५ मत ल्याएर सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी हुनुभएका निर्वाचन समितिले घोषणा गरेको हो ।

उपसभापतिमा पदम बडुवाल ७४८ र नारायण पाध्याय ७५६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार सचिवमा तिलकराज पुरी ५६५, भरतबहादुर रोकाया ५१४, सहसचिवमा कृष्णराज पाध्याय ४६६, सुरेन्द्रबादुर सिंह ३८० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवारले कूल खसेको एक हजार २०५ मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार दोस्रो चरणको मतदान गरिएको थियो ।

पहिलो चरणमा पण्डित, चक्रबहादुर शाह र रावलले सभापतिमा उम्मेदवारी दिनुभएको थियो । उहाँहरुले खसेको मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार पुनः मतदान गरिएको थियो । सभापतिका उम्मेदवार शाहको समूहले रावललाई समर्थन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर