खैरो हिरोइन सहित आफ्नै डेराबाट पक्राउ परिन् आशा विष्ट — OSNepal

खैरो हिरोइन सहित आफ्नै डेराबाट पक्राउ परिन् आशा विष्ट

LC (KTM) October 08, 2021 0

कैलाली २२ असोज । खैरो हिरोइन सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट रहेकी छन् ।

कैलालीको धनगढीबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस सुहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा डेरा बस्दै आएकी उनलाई डेराबाट नै उक्त लागुऔष्ध सहित पकूाउ गरिएको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर