माओवादीका देवेन्द्र पौडेल शिक्षा मन्त्री — OSNepal

माओवादीका देवेन्द्र पौडेल शिक्षा मन्त्री

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । माओवादी केन्दरुले पनि मन्त्रीसँगै मन्त्रालयको नाम पनि टुंगाएको छ ।

पाँच मन्त्री र एक राज्यमन्त्री पाएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

त्यसैगरी , शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी छन् । युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी भने महेश्वर गहतराज ले पाउने भएका छन् ।

साथै बोधमाया यादव राज्यमन्त्री भने राज्य मन्त्री बन्ने भएकी छन् । यसभन्दा अघि नै माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्रालयको जिम्मेवारी समालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर