• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

मालीमा भएको आतङ्ककारी हमलामा परि कम्तीमा सोह्र सैनिकको मृत्यु

मालीमा भएको आतङ्ककारी हमलामा परि कम्तीमा सोह्र सैनिकको मृत्यु


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • ७:३५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.8K
    SHARES

    बामाको २२ असोज- मालीमा यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ ।

    मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए । बुधबार यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो ।सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ । (रासस÷सिन्ह्वा)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend