प्रधानमन्त्री र राष्ट्रपतिलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन कांग्रेस , माओवादी लगायतका युवानेताहरुको माग — OSNepal

प्रधानमन्त्री र राष्ट्रपतिलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन कांग्रेस , माओवादी लगायतका युवानेताहरुको माग

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निवार्चन घोषणा गरेको घटना प्रति नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा नेताहरुहरुले
आपत्ती जनाएका छन् । युवा संगठनहरुले संयुक्त विज्ञप्ती जारी गरी प्रधानमन्त्री र राष्ट्रपतिलाई यथाशिघ्र कानुनी कठघारमा उभ्याउन माग गरेका छन् । यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दछौं ।’जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

संवैधानिक संकट सिर्जना गर्दै देशलाई सिक्किमीकरण गरेको आरोप समेत लगाएका छन् । विज्ञप्तीमा भनिएको छ , संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सुरुदेखि नै पूर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडि बढाएका छन् । यो उनको २०७७ पुष ५को असफल संसद विघटनको निरन्तरता मात्र होुओलीले वास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सिर्जना गर्दै सिक्किमीकरणको दिशामा लान उद्यत छन् ।’सबै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको समेत युवानेताहरुले निन्दा गरेको छ ।

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, माओवादी केन्द्र सम्बद्ध वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपाल (माधव नेपाल समूह)का अध्यक्ष नरेश कुमार शाही, जसपाको समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, राष्ट्रिय जनमोर्चाको अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे र विवेकशील साझा पार्टीको युवा संगठनका अध्यक्ष अब्दुस मियाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर