आफुले ४ बर्ष यता ड्रग्स लिने गरेको एनसीबी संगको सोधपुछमा स्विकारेआर्यनले — OSNepal

आफुले ४ बर्ष यता ड्रग्स लिने गरेको एनसीबी संगको सोधपुछमा स्विकारेआर्यनले

LC (KTM) October 08, 2021 0

शाहरुख खानको परिवार अहिले एकदमै मुश्किल समयमा रहेको छ । शाहरुखका छोरा आर्यन खान अहिले ड्रग्स केसमा एनसीबीको हिरासतमा रहेका छन् । आर्यन संग अहिले लगातार एनसीबीले सोधपुछ गरिरहेको छ । जसमा उनले ड्रग्स लिने गरेको स्विकार गरिसकेका छन् । उनले एनसीबी संगको सोधपुछको क्रममा आफुले ४ बर्ष यता ड्रग्स लिने गरेको स्विकार गरेका हुन् । ड्रग्स केसमा एनसीबीले आर्यन बाट लगातार नयाँ खुलासाहरु गरिरहेको छ ।

उनी यो केसमा लगातार फसिरहेका छन् । शाहरुख खान आफ्नो छोरा आर्यन खानलाई एकदमै निजी जिन्दगी बिताउन भन्ने कुरामा बिश्वास राख्ने गर्छन् । आर्यन खानको यो मात्रै पहिलो बिबादास्पद घटना भने हैन । उनी यस अघि पनि बिबादमा तानिएका थिए । यसभन्दा अघि पनि आर्यनका बिभिन्न बिबाद बाहिर आएका थिए । यसअघि पनि आर्यनको एमएमएस काण्ड बाहिर आएको थियो । आर्यन खानको फेक एमएमएस लाई लिएर पनि उनी बिबादमा तानिएका थिए ।

सामाजिक सञ्जालमा एक एमएमएस भिडियो भाइरल भएको थियो जसमा एक केटा कारमा एक केटीको साथमा लेप्पासिरहेको देखिएको थियो । भिडियो सामाजिक सञ्जालभर भाइरल भयो । त्यसपछि त्यो भिडियोमा देखिने ब्यक्ति आर्यन खान हुन् तर पछि थाहा भयो कि त्यो भिडियो फेक थियो । त्यतिमात्र हैन आर्यन खानको नाम धेरै केटीहरु स.ग पनि जोडिएको छ । तर आर्यनको एक रोमानियम केटीको साथमा डेटिंग चलिरहेको चर्चा रहेको थियो । मिस्ट्री गर्ल संग आर्यनको सम्बन्ध एकदमै बिबादास्पद भएको थियो । जसलाई शाहरुख खानले भने पुरै गलत रहेको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर