• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

अर्घाखाँचीको पाणिनी तपोभूमि ओझेलमा

अर्घाखाँचीको पाणिनी तपोभूमि ओझेलमा


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • ११:१४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ५ मिनेट
  • 2.5K
    SHARES

    अर्घाखाँची, २२ असोज-प्रचार प्रसारको अभावमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संस्कृत भाषाको व्याकरण रचना भएको अर्घाखाँचीको पाणिनी तपोभूमि ओझेलमा परेको छ । हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ ।

    संस्कृत व्याकरणका रचयिता पाणिनीको जन्ममिति र जीवनीका बारेमा लिखित अभिलेख नभए पनि उनी ईशापूर्व चौथोदेखि छैठौँ शताब्दीसम्म सिन्धु नदी छेउको सलतुला भन्ने ठाउँ (हाल पाकिस्तान)मा जन्मिएको इतिहासकारले लेखेका छन् । लुम्बिनीको अशोक स्तम्भमा आधारित शिलालेख पत्ता लगाएका र बुद्धको ऐतिहासिक जन्मस्थल प्रमाणित गर्न महत्वपूर्ण भूमिका खेलेका सातौँ शताब्दीका प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु हुआन साङले पनि पाणिनीको जन्मस्थल सलतुलाका सन्दर्भ उल्लेख गरका छन् ।

    हजाराँै वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमीमा आएका पाणिनि ऋषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यसै स्थानबाट सस्कृत भाषाको उत्पत्ति भएको पाणिनि तपोभूमिका पण्डित थानेस्वर पौडेलको भनाइ छ ।

    यसै क्षेत्रमा आएर पाणिनि ऋषीले तपस्या गरेपछि भगवान् शिव प्रशन्न भएर डम्मरु बजाउँदै अइउण्, रिलृक, एओ आदि चौध सुत्रको स्वर निकालेको र ती चौध सुत्रबाट संस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ । यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्नसके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ ।

    विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्र व्यापक प्रचारप्रसार नहुँदा ओझेलमा परेको यस क्षेत्रको प्रचारप्रसारका लागि विश्व भाषासँग सम्बन्धित सबै लाग्नुपर्ने स्थानीयवासी पुस्करराज पोख्रेलको भनाइ छ । पाणिनि ऋषीले पणेनामा तपस्या गरेर निस्किएको चौध सुत्रलाई महेश्वर सुत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको भन्ने संस्कृतका विज्ञ बताउँछन् । पाणिनिका चौध सुत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यानी र पतञ्जलीसमेत लागि परेको देखिन्छ ।

    संस्कृत प्राचीन समयमा नेपाल, बङ्गलादेश, भारत, पाकिस्तान, अफगानिस्तानलगायत बृहत्तर दक्षिण एशियाली क्षेत्रको बोलचालको भाषा थियो । दक्षिण एशियाली भाषा जस्तै नेपाली, उर्दू, कश्मिरी, उडिया, बाङ्ला, मराठी, सिन्धी, पञ्जाबी आदि संस्कृतबाट उत्पन्न भएको भाषाशास्त्रीले लेखेका छन् । भाषाको विश्वइतिहासमै प्रभावशाली पात्र पाणिनीले रचेको संस्कृत व्याकरणलाई संसारकै पहिलो व्यवस्थित भाषा–प्रणाली मानिन्छ । पाणिनिकोे संस्कृत व्याकरणको जन्म अर्घाखाँची जिल्लाको पणेनामा भएकाले यो ठाउँको ऐतिहासिक महत्व छ ।

    अर्घाखाँचीको पूर्वमा रहेको पाणिनि गाउँपालिका– १ पणेनामा यो तपोभूमि पर्दछ । यस तपोभूमिबाट उत्तर फर्कदा हिमालयका हिमशृङ्खला, दक्षिण फर्कदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको प्रचारप्रसार गर्नसके धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुन सक्छ । यो क्षेत्र पाणिनि ऋषीले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्न धेरै प्रमाण भेटिएको पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो । यस क्षेत्रको विकासका लागि आफूहरु सक्रिय भएर लागि परेको अध्यक्ष गौतमको भनाइ छ ।

    पाणिनि गाउँपालिकाको नाम पनि यही तपोभूमिको नामबाट रहन गएको हो । यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्नसके अर्घाखाँचीलगायत नेपालका सम्पूर्ण जनतालाई फाइदा पुग्ने र कुनै सङ्घसंस्थाबाट सहयोग पाए आफूहरु तीव्र भएर लाग्ने स्थानीय नारायण पोख्रेलले बताउनुभयो । हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ । यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा रहेको स्थानीय दिनेश भारद्वाजले बताउनुभयो ।

    पाकिस्तानमा जन्मिएका पाणिनिले अर्घाखाँचीको पणेनामा तपस्या गरे । उनले विश्वकै सर्वोत्कृष्ट व्याकरण ‘अष्टाध्यायी’ लेखे । पाणिनिको रचना अष्टध्यायी शास्त्रीय संस्कृत व्याकरणको सबैभन्दा पुरानो कृति हो । संस्कृतको उदय वैदिक संस्कृतका रूपमा ईशापूर्व १७००–२१०० ताका सुरु भएको थियो । पाणिनिको अष्टध्यायीलगायत संस्कृत भाषाको व्याकरणका नियम र परिभाषाका आधारभूत सङ्कलनले आधुनिक भाषा विज्ञानमा धेरै प्रभाव पारेको कुरा जर्मनीका प्रख्यात भाषाविद् फ्रान्ज बपले पत्ता लगाए । त्यसपछि युरोपमा पाणिनिको संस्कृतमा योगदानबारे पश्चिममा उनको कामलाई महत्वका साथ हेर्न थालियो । संस्कृत भाषाका पिता पनि भन्ने गरिएका पाणिनिले अर्घाखाँचीको पणेनामा आएर संस्कृतको व्याकरण रचेको सम्मानमा नेपालले हुलाक टिकट पनि जारी गरेको छ । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend