आर्यन खान खतरनाक कैदी रहने मुम्बईको जेलमा चलान , ब्यारेक नम्बर १ मा ५ दिन रहनेछन् क्वारेन्टिन — OSNepal

आर्यन खान खतरनाक कैदी रहने मुम्बईको जेलमा चलान , ब्यारेक नम्बर १ मा ५ दिन रहनेछन् क्वारेन्टिन

LC (KTM) October 08, 2021 0

बलिउडका किंग शाहरुख खानका छोरा आर्यनको भाग्यको फैसला आज मुम्बई मजिस्ट्रेटले गर्दैछ । क्रुज पार्टीमा ड्रग्सको बिषयमा फसेका आर्यन खानलाई संकट अझै बढी नै रहेको छ । कोर्टमा आर्यन खान सहित ८ जना आरोपीहरुको जमानतका बिषयमा सुनवाई चलिरहेको छ । यसैबीच एनसीबीद्धारा आर्यन खान सहित ८ आरोपीलाई अर्थर रोड जेलमा पठाइएको छ । आज हामी यसै बिषयमा अप्डेट दिन गईरहेका छौ ।

आर्यन खानलाई जमानत पाउनका लागि अति आवश्यक रहेको छ । कोर्टमा आर्यनको जमानतको बिषयमा सुनवार्य चलिरहेको छ । आर्यन खानलाई जमानत मिलेन भने उनको परिवारलाई एकदमै पीडा हुने प्रष्ट देखिएको छ । आर्यन खान ५ कैदी संग मुम्बईको सबैभन्दा ठुलो जेल आर्थर जेल ब्यारेक नम्बर १ मा रहेका छन् । यहि जेलको पहिलो फ्लोरमा एक स्पेशल क्वारिन्टीन ब्यारेक रहेको छ ।

त्यहाँ ५ दिन आर्यन खान तथा अन्य आरोपीलाई सोही क्वारिन्टीन ब्यारेकमा राखिएको छ । कसैलाई युनिफर्म लगाउन जरुरी नरहेको बताइएको छ । तर पनि उनीहरुलाई अरु कैदी सरह ट्रिट गरिने बताइएको छ । आर्यन तथा अन्य ५ कैदीलाई जेलकै खाना खुवाईने छ । उनीहरुलाई ५ दिन सम्म क्वारिन्टनमा राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर