नेपाली कांग्रेसको तर्फबाट विजयी भएकी मेलौली नगरपालिका-१ की वडा सदस्यको मृत्यु — OSNepal

नेपाली कांग्रेसको तर्फबाट विजयी भएकी मेलौली नगरपालिका-१ की वडा सदस्यको मृत्यु

LC (KTM) October 08, 2021 0

बैतडी २२ असोज- बैतडीमा एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका-१ की महिला वडा सदस्य द्रोपती चन्द रहेकी छन् । केही दिनदेखि बिरामी रहेकी चन्दको उपचारको क्रममा शुक्रबार बिहान महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।

चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका-१ मा नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् ।५५ वर्षीय चन्द मुटु सम्बन्धी समस्याबाट ग्रसित थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर