विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत जाँदै,आफ्ना सांसदहरुलाई नागरिकता लिएर आउन निर्देशन — OSNepal

विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत जाँदै,आफ्ना सांसदहरुलाई नागरिकता लिएर आउन निर्देशन

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध आज विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत जाने भएका छन् । ओली र भण्डारीले गरेको कार्य असंवैधानिक तथा अलोकतान्त्रिक भएको भन्दै सर्वोच्चमा रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु सकेसम्म आजै जाने भएका हुन् ।

आफ्ना सांसदहरुलाई नागरिकताका साथ संसद भवनमा उपस्थित हुन निर्देशन दिइएको बुझिएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए अनुसार सबै सांसदहरुलाई अहिले नागरिकताका साथ संसद भवन आउन आग्रह गरिएको छ भने सम्पुर्ण तयारी सकिए आजै अदालत जाने तयारी भएको छ । ‘तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं,’ उनले भने ।

हिजो शनिबार संयुक्त बैठक पछि निकाललिएको संयुक्त विज्ञप्तीमा पनि सरकारको कदम विरुद्ध कानुनी लडाईमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर