महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका २२ वर्षीय सुनिलको शव फेला पर्यो — OSNepal

महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका २२ वर्षीय सुनिलको शव फेला पर्यो

LC (KTM) October 08, 2021 0

महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले आज फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विष्टको शव झोलुङ्गे पुल नजिक फेला परेको हो । बुधबार साथीसँगै महाकालीमा नुहाउन गएका विष्ट नदीमा बगेर बेपत्ता भएका थिए । प्रहरीले भने विष्ट नदीमा बगेर वेपत्ता भएको जानकारी बिहीबार मात्रै पाएको थियो ।

नदीमा बगेर बेपत्ता भएको जानकारी पाइएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा शुक्रबार शव फेला पारिएको हो । विष्टसँगै गएका प्रेम भट्टलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर