कस्तो हुन्छ सत्कर्मको सौदर्य



यज्ञबहादुर काकी- मस्तिष्कमा कति कुराहरु आइरहन्छ, गइरहन्छ, टिकेर रहिरहदैन । एक अर्थले हेर्ने हो भने यसैवाट आयु निर्धारण पनि हुन्छ । कसरी भन्दा जब वर्क धेरै हुन्छ, तब त्यो चाडै विग्रन्छ । अत त्यसलाई नयाँपन दिन त्यो फेरि ताजगी हुन जरुरी छ । प्रकृतिले यसैलाई वुझेर मानिस आदि प्राणीलाई निन्द्रा दिएको हुन्छ । निन्द्रा एक प्रकारले दिमागलाई नयाँपन दिने अवस्था पनि हो । यो दैनिक चल्छ अनि वढि बाँच्ने सिलसिला चल्छ । योग प्रकृतिसंग वढि सम्वन्धित छ ।

यसवाट हुने फाईदाहरु धेरै छन, भला यसले अजम्वरी त वनाउन सक्दैन । तर जति बाँच्न सकिन्छ। आनन्दित भएर बाँच्न सिकिन्छ । एउटा लामो ऐना थिसिस प्रकृतिले दिए पछि मानिस न बिँउतिने गरि सदाको लागि सुत्दछ । त्यसैलाई मृत्यु भनिन्छ । उ हत्तपति लामो ऐनाथिसस सुघ्न चाहदैनन ।

त्यो वेला प्रकृति र मनको द्दौन्द हुन्छ, जवर जस्ति उसलाई ऐनाथेसिस सुघाउन प्रकृति वाध्य हुन्छिन् । किनकि मुल ईन्जिनले काम नदिने हुन थालिसकेको हुन्छ । तिमी यो कुरा किन वुझ्दैनौ ? तिम्रो केही पनि काम लाग्दैन सिवाए तिमीले ईश्वरलाई संझन भ्यायौ भने त्यो चाहिँ काम लाग्छ । तर त्यसो हुनको लागि तिम्रो सतसंग र तिम्रो पुण्य पनि त चाहियो नि ? त्यो कसरी ? सतसंगवाट तत्व ज्ञान वुझेर र पुण्य कर्मवाट सारा क्लेस र पापमय कर्महरुलाई सुद्दीकरण पारेर अन्त्य अवस्थामा जब प्रकृतीले अचेत अवस्थामा लग्छ ।

त्यस अवस्थामा भन तिमी ईश्वर मैले जानीनजानी गरेका कर्महरुलाई यहि छाडेर जादैछु । त्यसवाट उठने सुगन्धमय वासना वा दुर्घन्धले मेरो वाटो तय गर्छ भने मेरा ती कर्महरुले सदा सदाका लागि जे होला म सहन गर्ने छु । ईश्वर मेरो जे भयो सवै माफ गर । क्रमश ः