बिग बोस : बाथरुममा नुहाई रहेकी थिईन् बिधि , ढोकाको लक तोडेर यस्तो सम्म हर्कत गरे प्रतीक सहजपालले — OSNepal

बिग बोस : बाथरुममा नुहाई रहेकी थिईन् बिधि , ढोकाको लक तोडेर यस्तो सम्म हर्कत गरे प्रतीक सहजपालले

LC (KTM) October 08, 2021 0

बिग बोस १५ का प्रतिष्पर्धी प्रतीक सहजपाले आफ्नो लागि आफै नयाँ समस्या सिर्जना गरेका छन् । टास्क जित्ने चक्करमा उनले सारा हद पारेर गरेका छन् । प्रतीकले सही र गलत बीचको अन्तर नै भुलेर हद पार गरेका हुन् । आउने एपिसोडमा प्रतीकको यस्तो हर्कत देख्न पाईने भएको हो । जसका कारण वीकेण्डको बारमा होस्ट सलमान खानद्धारा गाली मिल्न सक्ने अनुमान गरिएको छ ।

आउने एपिसोडमा प्रतिक सहजपाल गार्डन एरियामा बनेको वाशरुममा लक भएको देख्न सकिन्छ । महत्वपुर्ण कुरा के छ भने जब प्रतीकले बाथरुमको लक तोड्नमा ब्यस्त रहेका बेला बिधि पंडेया बाथरुम भित्र नुहाई रहेकी हुन्छिन् । बाथरुम बाट बाहिर आएपछि बिधिले बाँकि घरका सदस्यहरुलाई प्रतीकको यो हर्कतका बारेमा बताउँछिन् । जसका कारण बिग बोसको घरमा प्रतीक बिरुद्ध माहोल खडा हुन्छ । सबैले प्रतीकलाई गाली गर्छन् ।

बिधिले गार्डन एरियामा प्रतीक सहजपालको अगाडी गएर यस हर्कतको बारेमा सोध्छिन् कि तिमि किन लक तोडिरहेका थियौ जब भित्र कोही नुहाई रहेको थियो ? त्यस्तै तेजस्वी प्रकाश तथा करण कुन्द्राले पनि प्रतीकलाई हप्काउँछन् । प्रतीकले बिग बोसको घरमा आए देखी आफ्नो हर्कत देखाई रहेका छन् । अब सलमानले उनलाई कस्तो क्लास लगाउने हुन् भन्ने बारे दर्शक कुरेर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर