• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

आईपीएलमा दिल्ली माथी बैंगलोरको ७ विकेटको जित

आईपीएलमा दिल्ली माथी बैंगलोरको ७ विकेटको जित


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • ६:४९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 6.1K
    SHARES

    रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी ट्वान्टी क्रिकेटमा बिजयी भएको छ । दुबईमा आज राति सम्पन्न भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको हो । दिल्लीले बैंग्लोरलाई १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरका लागि श्रीकर भारतले अविजित ७८ रन र ग्लेन म्याक्सवेलले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै एबी डी भिलियर्सले २६ रन जोड्दा कप्तान विराट कोहली ४ रनमा आउट भएका थिए। दिल्लीका लागि एन्रिच नोर्कियाले दुई तथा अक्षर पटेलले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको स्कोर खडा गरेको थियो । दिल्लीका लागि पृथ्वी शले ४८ रन जोड्दा शिखर धवनले ४३ रनो योगदान दिएका थिए ।

    बैंगलोरका मोहमद सिराजले २ तथा युजभेन्द्र चाहल,हर्सल पटेल र डान क्रिसले एक एक विकेट हात पारेका थिए । आजको जितसँगै बैंगलोरले १४ खेलमा १८ अंक जोडेको छ ।प्ले अफ पुगिसकेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।दिल्ली २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend