बुलेट बाइकमा अभिनेत्री ज्याक्लिनसंग देखिए सलमान, संगै थिए प्रहरी पनि !



एजेन्सी- बलिउड अभिनेता सलमान खान लकडाउनका कारण आफ्नै फार्म हाउसमा ब्यस्थ रहेका छन् । उनिसंगै नायिका ज्याक्लिन पनि उनका साथमा रहेका छन् । लकडाउनमा उनि ज्याक्लिनसंग मस्ति गरिरहेका छन् । हालै खानको एक भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उक्त भिडियोमा सलमान खान ज्याक्लिन फर्नाडिससँग बुलेट बाइकमा देखिएका छन् । सलमानका फ्यानलेहरु यो भिडियो निकै रुचाएका छन् । सार्वजनिक भिडियो छोटो समयमै ६० हजार भन्दा धेरैले हेरिसकेका छन् ।

ज्याक्लिन फर्नाडिससँग बुलेट बाइकमा देखिएका खानसंग प्रहरी पनि देखिएका छन् । सलमान खानसंग नायिका ज्याक्लिन लकडाउनकै दिनदेखि संगै समय बिताउदै आएकी छिन् ।

Comment