अभिनेता ऋषि कपुर र इरफानको नाममा अपमानजनक शब्द लेखपछि यि व्यक्ति विरुद्ध उजुरी दर्ता



काठमाडौ, जेठ ९ – मात्रै दुई दिनको फरकमा निधन भएका बलिउड अभिनेता ऋषि कपुर र इरफान खान बिरुद्ध सामाजिक सञ्जालमा अपमाजनक टिप्पणी गरेको आरोपमा उजुरी दर्ता भएको छ ।

भारतिय मिडियाका अनुसार उक्त व्यक्तिले अपमानजनक ट्वीट गरेको आरोपमा उनि विरुद्ध उजुरी दर्ता भएको बताइएको छ । कमल आरले ३० अप्रिलमा ट्वीट गर्दै स्टाटस लेखेका उनले ऋषि कपुर अस्पतालमा मरे तर उनी मर्न हुँदैन थियो किन भने रक्सीका पसलहरु खुल्ने क्रममा छन् ।

अभिनेता ऋषि कपुर माथि यस्तो लेखेपछि बुधबार उजुरी दर्ता भएको हो । उनले अर्को अभिनेता इरफान खानलाई पनि अपमानजनक ट्वीट गरेका थिए । ऋषि कपुरको अप्रिल ३० मा निधन भएको थियो । भने २९ अप्रिलमा इरफान खानको निधन भएको थियो ।

Comment