सिद्धार्थ शुक्लालाई बिस्तारै बिस्तारै भुल्दै काममा फर्किईन् अभिनेत्री शेहनाज, शुक्लाको निधन पछि भएकी थिइन बेहोस — OSNepal

सिद्धार्थ शुक्लालाई बिस्तारै बिस्तारै भुल्दै काममा फर्किईन् अभिनेत्री शेहनाज, शुक्लाको निधन पछि भएकी थिइन बेहोस

LC (KTM) October 09, 2021 0

टेलिभिजन एक्टर सिद्धार्थ शुक्लाको निधन पछि उनकी एकदमै नजिककी साथी तथा अभिनेत्री शेहनाज गिल हराएकी थिईन् । सिद्धार्थको असमायिक तथा आकस्मिक निधन पछि शेहनाज एकदमै बिचल्लीत भएकी थिईन् । सिद्धार्थको अन्तिम संस्कारका बेला शेहनाज एकदमै खराब अवस्थामा रहेका थिईन् । त्यतिबेला उनी एकदमै बेहोस जस्तो अवस्थामा रहेकी थिईन् । उनै शेहनाज अब सिद्धार्थको निधन भएको १ महिना पछि बल्ल काममा फर्किएकी छिन् ।

शेहनाज गिल चाँडै नै दिलजीत दोसाँझको साथमा पञ्जाबी फिल्म हौसला रख मा देखिने भएकी छिन् । फिल्मका निर्माताले शेहनाज चाँडै नै काममा फर्कने बताएका थिए । यसैक्रममा उनी काममा फर्किएको देखिएको छ । दिलजीत दोसाँझ तथा सोनम बाजवा संग शेहनाज गिलको एक भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । भिडियो फिल्म हौसला रखको प्रोमोशनको रहेको छ ।

यसमा दिलजीत तथा सोनम फिल्म हौसला रखको सीनको री–क्रिएट गरिरहेको देख्न सकिन्छ । यसै भिडियोमा शेहनाजको प्रबेश हुन्छ तथा उनी दिलजीतलाई टेडी बियरले हान्न लाग्छिन् । भिडियोमा आखिरमा शेहनाज र सोनम दुबै दीलजितलाई जमेर पिटाई गरिरहेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर