पछिल्ला ७ कोरोना संक्रमित पनि भारतबाटै आएको पुष्टी, सीमानाबाट भागेर आउनेले बनाए भयाभह



रूपन्देही – ने.पालमा भारतबाट आउनेहरुले कोरोना भयाभय बनायरहेका छन् । भारतबाट आएरु ब्यबस्थित तरिकाले क्वारेन्टाइनमा बसेकाहरुले अनुशासनको पालना गरेता पनि भागेर आउने भगौडाहरुका कारण आज देश नै जोखिममा परिरहेको छ ।

उनीहरुले परिवारलाई त अप्ठ्यारोमा पारिरहेका छन् भागेर आएर घरमा लुक्दा समाज नै अप्ठ्यारोमा परिरहेको छ । तर अनुशासनको पालना गरेर क्वारेन्टाइनमा बसेकाहरुबाट भने कुनै जोखिम छैन । यसैबिच रुपन्देहीको गैडहवा गाँउपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका सात जना पनि भारतबाटै आएको पत्त लागेको छ ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका उनीहरू सबै भारतको मुम्बइ र दिल्लीबाट आएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । यसअघि सोही गाउँपालिकामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए ।

Comment