अस्ट्रेलियामा नेपाली बिद्यार्थीलाई पित्त थैली क्यान्सर, सानो सहयोगले जीवनमा क्यान्सर सग लड्ने र संसार देख्ने आसा रहेको भन्दै सहयोगको लागी अनुरोध



अस्ट्रेलियामा अध्ययनको क्रममा २०१७ मा आफ्नो श्रीमती सग आएका नेपाली बिद्यार्थी बिशाल पौडेल, हाल अस्ट्रेलियाको क़ुइनलेण्डमा बस्दै आएका छन्। अस्ट्रेलियामा उज्जल भविष्य र खुसि जीवन जिवने आसामा आएका बिशालको जीवनमा एक्कासी न सोचेको घटनाले जीवनमा बज्रपात भएको देखिन्छ तर आसा र भरोसा भने कमि न रहेको पनि देखियो किन कि सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरुको सानो सहयोग को भरले मनमा अझै डर भने कत्ति नभएको देखिएको छ।

पौडेलले आफु पित्त थैली क्यान्सर बाट पिडित भएकोले विश्व भरि छरिएर बसेका सम्पूर्ण नेपाली दाजु भाई दाजु दिदि बहिनीहरुलाई एक चिठी लेख्दै सहयोगको लागी अपिल गरेका छन्। सहयोग गर्न चाहने जो कोहिले यो लिंक https://www.gofundme.com/f/nrna039s-qld-campaign-to-save-bishal-poudel? मा क्लिक गरि सहयोग गर्न सक्नु हुनेछ। उक्त गो फन्ड मार्फत सहयोग अभियान एनआरएनए क़ुइनलेण्ड द्वारा संचालन गरिएको छ।

Comment