एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा १ लाख २५ हजार मात्र संक्रमित



नयाँ दिल्ली १० जेठ – भारतीय स्वास्थ्यमन्त्री डा.हर्ष वर्धनले एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरसका जम्मा १ लाख २५ हजार मात्र संक्रमित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– आज हामीकहाँ तीन प्रतिशत मात्र मृत्युदर रहेको छ र सवालाख मात्र कोरोना भाइरसका संक्रमित रहेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको अध्यक्षको कार्यभार संहालेपछि आज सम्बोधन गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

उहाँले भारतले कोभिड १९ को नियन्त्रण र रोकथामका क्षेत्रमा प्रभाकारी रुपमा काम गरिरहेको जानकारी पनि सो अवसरमा दिनुभएको थियो । उहाँले भारतमा कोरोना भाइरसका संक्रमितहरुको निको हुने दर ४० प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो– भारतमा निको हुने दर ४० प्रतिशत भन्दा बढी छ र यहाँका संक्रमितहरुको संख्या पनि १३ दिनपछि मात्र दोब्बर हुने गरेको छ । भारतले कोभिड १९ का विरुद्धमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा अझै थप सतर्कता लिएर प्रभावकारी रुपमा काम गर्ने पनि बताउनुभयो । (रासस–एएनआई)

Comment