काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी



काठमाडौं ।काठमाडौंको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको बताइएको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ । ति कर्मचारी गोकर्णेश्वरका स्थायी बासिन्दा रहेको बताइएको छ । अहिले कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको बताइएको छ ।

Comment