नेपालमा पनि भयाभह बन्दै कोरोना, आज मात्रै ६८ जनामा संक्रमण, पछिल्लो समय कहाँ कहाँ थपिए हेर्नुहोस् सूचिसहित



काठमाडौं । नेपालमा आज फेरी थप ३६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । आज बिहानम ात्रै ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको भएता पनि अपराह्न्नमा पनि थप ३६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको जानकारी दिए ।

आज संक्रमण भएकामा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। रीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता डा। विकास देवकोटाले बताए ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। आज देशभर गरेर ६८ जनामा संक्रमण हुँदा देशभर संक्रमितको संख्या ५८४ पुगेको छ ।

Comment