भोली सार्वजनिक बिदा



काठमाडौं- भोली आइतबार सार्वजनिक बिदा दिइने भएको छ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको हो ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने निर्णय गरेको हो । इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व भोली समापन हुँदैछ ।

Comment