७ सय डलर तिरेर कोरोना भाइरसको भविष्यवाणी गर्ने महिलासँग ३० मिनेट कुरा गर्न मानिसहरुको लाइन



एजेन्सी -१२ वर्ष अघि कोरोनाबारे भविष्यवाणी गरेकी सिल्भिया ब्राउनी अहिले संसारभर भाइरल छिन् । १९ अक्टोबर सन् १९३६ मा जन्मिएकी ब्राउनीको अलौकिक शक्ति तीन वर्षकै उमेरदेखिकै उमेरबाट आएको उनका किताबहरुमा उल्लेख छ ।

३० मिनेट प्रश्न गरेर उत्तर पाउन हरेक मानिसले ७०० डलर लिने यि महिलाले भविष्यवाणी मिलाउने भएकाले उनलाई भेट्न सँसारका शक्तिशाली मानिसहरु पनि उनलाई भेट्न पुग्ने गरेका छन् । उनको सन् २००८ मा प्रकाशित इन्ड अफ डेज पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२० मा फैलने भविष्यवााणी मिलेपछि उनलाई भेट्नेको झनै लाम लाग्न थालेको छ ।

पुस्तकमा फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलने विषयमा उनले भविष्यवााणी गरेकी थिइन् । भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको १ वर्षमा नै उनको ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी आफूलाई अलौकिक शक्ति भएको नारी दाबी गर्ने गर्थिन् । भविष्यवाणी गर्ने ब्राउनीले ४० पुस्तकहरु प्रकाशित गरिन् जुन अहिले पनि चर्चामा छन् ।

Comment