नहरमा नुहाउन गएका अशोको डुबेर ज्यान गयो



कञ्चनपुर, १० जेठ – भीमदत्त नगरपालिका– ६ का २७ वर्षीय अशोक धामीको नहरमा डुबेर आज मृत्यु भएको छ । घर नजिकैको महाकाली सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो ।

नुहाउन गएका धामी नहरमा डुबेपछि स्थानीय बासिन्दा र प्रहरीले पाँच घण्टापछि शव फेला पारेको हो । मृतकको महाकाली अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ । (रासस)

Comment