यसकारण खानुपर्छ रिसाहा मानिसहरुले यस्ता खाने कुरा — OSNepal

यसकारण खानुपर्छ रिसाहा मानिसहरुले यस्ता खाने कुरा

LC (KTM) October 09, 2021 0

रिस उठ्नु स्वाभाबिक हो । तर रिसलाई नियन्त्रण गर्न नसक्नु चै हाम्रो कमजोरी हो । अहिलेका मान्छेलाई अफिसको टेन्सन वा कुनै अन्य कारणले नचाहँदा नचाहँदै पनि दिमागमा दबाब अनुभव गर्न थाल्नुहुन्छ र रिसाउन थाल्छन् ।
दही
क्याल्सियम भरपूर हुनाले दही सेवनले मूड ताजा राख्छ । यसबाहेक रजस्वला हुँदा दिनको दुईपटक दही खानुभयो भने ताजा अनुभव गर्न सक्नुहुन्छ । यसको सेवनले हर्मोनमा परिवर्तन र एस्ट्रोजेन प्रोगेस्टेरोनलाई सन्तुलनमा राख्छ ।

केरा
दिनमा दुईवटा केरा खाँदा मूड फ्रेश रहन्छ । यसमा भएको कार्बोहाइड्रेट्स, पोटेसियम, भिटामिन बी६ र म्याग्नेसियमले मस्तिष्कमा सेरोटोनिन स्तर बढाउँछ ।
पानी

दिनमा कम्तीमा आठ गिलास पानी पिउनुभयो भने रिस नियन्त्रणमा रहन्छ । पानी पिएपछि तपाईं आनन्दित अनुभव गर्नुहुन्छ र रिस कम हुन्छ ।

कफी
दिनको दुई कप कफी पिउँदा डिप्रेसन लाग्न पाउँदैन । यसमा फोलिक एसिड, सेलिनियम, फ्याट्टी एसिड र उच्चस्तरीय एन्टीअक्सिडेन्ट हुनाले दिमागका रक्तकोषिकाहरू क्षति हुन पाउँदैनन् र रिस पनि नियन्त्रणमा रहन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर