कोरोनाको औषधी सबैभन्दा पहिला भारतले ल्याउने संभावना, अमेरिकी कम्पनीसँग मिलेर गर्दैछ धमाधम काम



एनेन्सी । एक अमेरिकी कम्पनिले भारतीय र पाकिस्तानी औषधी कम्पनिसँग कोरोनाको औषधी बनाउने सम्झौता गरेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसारऔषधी कम्पनि जीलिड, भारत र पाकिस्तानमा रहेको फाइभ जेनेरीक फर्माबीच रेकडिसिभिर नामको औषधी बनाउने सम्झौता भएको हो ।

जीलिड कम्पनीले पाँचवटा कम्पनीलाई उक्त औषधी निर्माण गर्न स्वीकृती पाए लगत्तैबाट दूवै कम्पनीले करिब एक सय २७ देशका लागि औषधी बनाउने तयारी सम्झौता भएको बताइएको छ । रेकडिसिभिर विशेषगरी इबोलाको औषधी हो । तर, उक्त औषधीले कोरोना संक्रमित व्यक्तिलाई समेत उपचारमा सघाउ पुग्ने बताइएको छ ।

यद्यपी उक्त औषधीको मूल्य भने अहिले नै तय गर्न नसकिने बताइएको छ । हैदराबादमा रहेको हेटेरो ल्याबले विगतदेखि निरन्तर रुपमा एड्स विरामीहरुका लागि औषधी बनाइरहेको र अब जीलिड कम्पनीले जुन महिना भित्र औषधीको बारेमा आधिकारिक खबर बाहिर ल्याउने तयारी सहित काम गर्ने योजना मुताविक काम सुरु गरिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Comment