नेपाली चेली शाक्यले इजरायल सरकार बाट उत्कृष्ट राजदूत अवार्ड पाए सगै सबत्र प्रंशसा !



भोला लामिछाने, जतिबेला डा. अन्जान शाक्यलाई नेपाल सरकारले इजरायलका लागि राजदूतका रूपमा नियुक्त गरेको थियो , त्यति बेला घांटीको नशा फूलाएर उनको बिरोध गर्नेहरू यतिबेला हिस्स भएका छन । यसअघि पनि इजरालमा अरू नेपाली पनि राजदूत भएर गएका थिए ,तर उनिहरूले आफ्नो कार्यकाल मात्र पुरा गरे अरू केही गर्न सकेनन् तर शाक्यले राजदूत भएर इजरायल गएकै केही समयमा नै आफ्नो दक्षता र क्षमता देखाएर इज़रायली सरकारबाटै स्याबासी र वाहवाही हात पारिन । इजरायलका लागि यी नेपाली राजदूत डा. अञ्जान शाक्यलाई इजरायलले ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मान गरेको छ। ।

 

शाक्यलाई यो सम्मान एम्बेसडर क्लब अफ इजरायलले उत्कृष्ट राजदूतका रुपमा सम्मान गरेको हो । सम्मान इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने जानकारी दिइएको छ।

उल्लेख्य कुरा के छ भने एम्बेसडर अफ इजरायलले इजरायलमा रहेका ९० भन्दा बढी मूलुकका राजदूतबाट शाक्यको नाम छनौट गरिएको थियो । एउटा नेपाली चेलीको यो सफलताको यतिबेला सर्बत्र प्रशंसा गरिएको छ ।

 

नेपाल–इजरायल सम्बन्धलाई सुमधुर र बलियो बनाउन बिशेष भूमिका खेले बापत शाक्यलाई सम्मान गरिएको कुरा बताइएको छ -‘ म मा यो सम्मानले झनै जिम्मेवारी थपिएको छ भने नेपालको शान र मान बढाउन निरन्तर रूपमा लागि पर्ने छु -‘ राजदूत शाक्यको भनाई थियो ।

Comment