अस्पतालमा अभद्र व्यवहार गरेको अभियोगमा काँग्रेस नेता कार्की र सुब्बा प्रहरी नियन्त्रणमा — OSNepal

अस्पतालमा अभद्र व्यवहार गरेको अभियोगमा काँग्रेस नेता कार्की र सुब्बा प्रहरी नियन्त्रणमा

LC (KTM) October 09, 2021 0

कपिलवस्तु, २३ असोज- अस्पतालमा बबाल मच्चाउँदा कपिलवस्तुमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कपिलवस्तु नगरपालिका तौलिहवा बस्ने नेपाली कांग्रेस निवर्तमान नगर सभापति प्रशान्त कार्की र जिल्ला प्रशासन कार्यालय तौलिहवाका नायव सुब्बा गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।दुवैले शुक्रबार राति कपिलवस्तु अस्पतालमा पुगी अभद्र व्यवहार गरेका थिए । उनीहरू हाल वडा प्रहरी कार्यालय तौलिहवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्की तौलिहवा आँखा अस्पतालका अस्पतालका समेत हुन् । हालै सम्पन्न कांग्रेस कपिलवस्तु नगर समितिको निर्वाचनमा कार्की सभापति पदमा पराजित भएका थिए । दुवैले अस्पतालमा पुगी कर्मचारीलाई थर्काउने, ड्युटीमा बसेका प्रहरीलाई अपशब्द प्रयोग गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनास्थलमा माफी माग्न आग्रह गरे पनि दुवै तयार भएका थिएनन् ।

आफ्ना नेता पक्राउ परेपछि कांग्रेस नेतृत्वले कार्कीलाई छुटाउनको लागि प्रहरीमा दबाब दिएको छ । यता प्रहरीले समेत दुबैलाई परिवारका सदस्यको रोहबरमा जिम्मा लगाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर