• २०७८ असोज ३१ आइतबार

धेरै पढिएको

चाडपर्वको समयमा बैतडीमा झण्डै चार सय प्रहरी परिचालन

चाडपर्वको समयमा बैतडीमा झण्डै चार सय प्रहरी परिचालन


  • ओएसनेपाल
  • असोज २३ २०७८, शनिबार
  • ९:११ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.1K
    SHARES

    बैतडी २३ असोज-  बैतडीमा प्रहरीले सुरक्षा योजना बनाएर दशैं तिहारमा प्रहरी परिचालन गरेको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुको आंकलन गरेर जिल्लाभरी ३८८ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

    जिल्लाका सबै प्रहरी युनिटबाट प्रहरी खटाएर दशैं तिहार जस्ता चाडपर्वमा शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको उनले बताए । चाडपर्वको समयमा राजमार्ग, बजार क्षेत्र र गाउँघरमा गस्ती बढाइएको छ ।

    चाडपर्वको समयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएकाले निर्धक्क भएर चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।यस्तै जिल्लाका १० ठाउँमा प्रहरी सहायता कक्ष स्थापना गरिएका छन् भने धार्मिक स्थलहरुको सुरक्षाका लागि तीनवटा टोली खटाइएको छ । यस्तै, मोबाइल गस्ती दुइटा र १७ वटा पैदल गस्ती जिल्लामा खटाइएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend