प्रकाशको फिल्ममा अजयले अभिनय गने पक्का, काजोलले के गर्लिन ? — OSNepal

प्रकाशको फिल्ममा अजयले अभिनय गने पक्का, काजोलले के गर्लिन ?

LC (KTM) October 09, 2021 0

काठमाडौं, २३ असोज- अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारर अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । यसैबीच उनले आफ्नो पुराना साथी तथा निर्देशक प्रकाश झासँग हात मिलाएको खबर बाहिरिएको छ । बि-टाउनमा चर्चामा आएको खबरले यी दुईको सम्बन्ध सुधारको संकेतसमेत गरेको छ । केही समययता यी दुईको राम्रो सम्बन्ध थिएन । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्विकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो । तर, यतिबेला भने यी दुई एक सोसल ड्रामा बनाउने सल्लाह गरिरहेका छन् ।

बुझिएअनुसार प्रकाश झासँग उक्त फिल्ममा अजय पनि निर्माता हुने चर्चा छ । अजयको अभिनय तथा प्रकाशको निर्देशन रहेको फिल्म दिल क्या करे, गंगाजल, अपहरण, राजनीति, आरक्षण र सत्याग्रहजस्ता फिल्मलाई दर्शकले रुचाएका थिए । पछिल्लो समय अजय अघिल्ला फिल्मझैँ कथा राम्रो हुनुपर्नेमा जोड दिइरहेका छन् ।

यद्यपि पछिल्लो समय निर्देशक झा आफ्नो सिरिज ‘आश्रम’ को नयाँ शृंखला ल्याउने तयारीमा छन् । बबी देओलको प्रमुख भूमिका रहेको सिरिजको छायांकन यतिबेला मुम्बईमा भइरहेको छ । यसपछि उनले ‘जनादेश’ नामक फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । केही समयअघि नेपालमा एक फिल्म फेस्टिभलमा सहभागी हुन् आएका निर्देशक झाले आफू ‘जनादेश’ नामक फिल्मको स्क्रिप्टमा काम गरिरहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर