• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

प्रसिद्ध उदयदेव मन्दिरमा चोरी

प्रसिद्ध उदयदेव मन्दिरमा चोरी


  • ओएसनेपाल
  • असोज २३ २०७८, शनिबार
  • ११:४३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.8K
    SHARES

    बैतडी, २३ असोज-बैतडीको पाटनमा रहेको प्रसिद्ध उदयदेव मन्दिरमा चोरी भएको छ । मन्दिरमा राखेको दानपेटिका फोडेर पैसा चोरी भएको प्रहरीले जनाएको छ ।घटस्थापनाको अघिल्लो राति मन्दिरमा चोरी भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । दानपेटिकामा कति रुपैयाँ थियो भन्ने कुरा भने खुलेको छैन । तर एक वर्षदेखि दानपेटिका नखोलेको हुनाले धेरै पैसा हुन सक्ने अनुमान गरिएको छ ।

    मन्दिरबाट दानपेटिका ल्याएर चोरले मन्दिर गेट नजिकै फोडेको अवस्थामा फेला परेको स्थानीय लवदेव जोशीले बताए ।यस्तै मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसासमेत लुटिएको छ । महेन्द्रनगरबाट मन्दिरको दर्शनका लागि आएका गणेशबहादुर चन्दको १७ हजार रुपैयाँ चोरिएको प्रहरीले जनाएको छ । चन्द मन्दिरमा सुतेको मौका पारेर उनको पैसा लुटिएको हो ।

    चोरीमा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक शाहीले बताए । कसले चोरेको हो भन्ने कुरा यकिन नभए पनि २–३ जनामाथि निगरानी राखेर अनुसन्धान भइरहेको छ ।उदयदेव मन्दिर जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको छ । उक्त मन्दिरमा महानवमीका दिन रांगाबोकाको बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend