भारत बिरुद्ध भोली हामी ९० मिनेट सम्म जित्नकै लागि खेल्छौ -नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोंग — OSNepal

भारत बिरुद्ध भोली हामी ९० मिनेट सम्म जित्नकै लागि खेल्छौ -नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोंग

LC (KTM) October 09, 2021 0

साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध भोली नेपालले प्रतिष्पर्धा गर्न लागिरहेका बेला मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुइतारीले नेपालले जित्ने संभावना एक प्रतिशत रहेको बताई रहदा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भने जित निकाल्ने बताएका छन् । उनले भारतविरुद्धको खेलका लागि आफुहरुले एकदमै राम्रो तयारी गरेको समेत बताए । प्रशिक्षक अल्मुताइरीले भने जस्तो जित कठिन भए पनि ९० मिनेट सम्म आफुहरु जित्नकै लागि प्रतिष्पर्धा गरिरहने बताएका छन् ।

कप्तान किरणले प्रि म्याच कन्फरेन्समा अघिल्ला २ चरण पार गरिसकेकोले भोलीको चरण पनि पार गर्ने बताए । साफको उपाधी जित्नका लागि भोलीको खेल आफुहरुका लागि एकदमै महत्वपुर्ण रहेको किरणले बताए । उनले सारा नेपाली फुटबल फ्यानहरुको सपना साफको उपाधी भएकोले सपना पुरा गर्न हरेक दिन फाइट गर्ने बताए ।

उनले अन्य टीमलाई घुमाउँरो शैलीमा नेपाललाई कम नआँक्न समेत चुनौती दिए । उनले साफमा नेपाली टीम एक अण्डर डग टिम रहेको बताए । भारत नेपाली टिम भन्दा प्राबिधिक रुपमा बलियो भए पनि आफुहरु जितका लागि खेल्ने भएकोले जित निकाल्नेमा आशाबादी रहेको बताए । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भोलि राति पौने १० बजे प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर