दशैँ सुरु भएसँगै बजारमा चहलपहल बढ्यो — OSNepal

दशैँ सुरु भएसँगै बजारमा चहलपहल बढ्यो

LC (KTM) October 09, 2021 0

लमजुङ, २३ असोज – दशैँ आएसँगै लमजुङका सहरबजारमा चहलपहल बढेको छ । दशैँ सुरु भएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र बेँसीसहर, भोटेओडार, सुन्दरबजार, भोर्लेटारलगायत क्षेत्रमा किनमेल गर्नेको चहलपहल बढेको हो ।

कोरोना संक्रमण दर केही कम भएकाले टाढाटाढाका नागरिक पनि बजारसम्म आएर किनमेलमा व्यस्त भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । दशैँ तिहारलाई लक्षित गरी व्यवसायीले विशेष छुटको व्यवस्था गरेकाले पनि अधिकांश पसलमा नागरिकको भीड हुने गरेको छ ।

दशैँ सुरु हुनुभन्दा एक महिना अघि नै बजारका पसलमा मानिसको भिड लागेको थियो । अहिले झनै भिडभाड बढेको छ ।

कोरोना संक्रमणका कारण सुस्ताएको व्यवसाय दशैँ आएपछि बढेको बेशिसहरका फेन्सी व्यवसायी सरिता सापकोटाले बताइन। दशैँमा चहलपहल बढ्दा व्यवसायी खुसी भएका छन् ।

लामो समयसम्म व्यवसाय अघि बढाउन समस्या भएकाहरूलाई गाउँगाउँबाट झर्ने मानिसको भीडले थप उत्साह थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर