नेपाली फिल्म एक्स ९ मा बलिउड नायक सुनिल शेट्टी भिलेनको रुपमा देखिने पक्का, के अनमोल केसीले भिड्न सक्लान त ? — OSNepal

नेपाली फिल्म एक्स ९ मा बलिउड नायक सुनिल शेट्टी भिलेनको रुपमा देखिने पक्का, के अनमोल केसीले भिड्न सक्लान त ?

LC (KTM) October 09, 2021 0

नेपाली फिल्मलाई एउटा नयाँ उचाईमा पु¥याउने गरी बन्न लागेको एक्सन प्रधान फिल्म ‘एक्स ९ : लेभल वान’ को चर्चा सामाजिक सञ्जालमा एकदमै रहेको छ । यस फिल्ममा महंगो पारश्रमिकमा नेपालकै टप हिरोहरुले खेल्दैछन् । त्यतिमात्र हैन यस फिल्ममा बलिउड अभिनेता सुनील सेट्टी समेत खेल्ने पक्का भएको छ । निर्माण पक्षको सुनील संग मौखिक सहमती भइसकेको र अब लिखित संझौता मात्र हुन बाँकी रहेको बताइएको छ ।

फरक शैलीका एक्सन मुभी बनाउँदै आएका मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यस फिल्ममा सुनील सेट्टी भने भिलेनको भुमिकामा देखिने छन् । सामाजिक सञ्जालमा सुनील सेट्टीसँगको फोटो सार्वजनिक गर्दै निर्देशक भट्टले एक्स ९ का लागि सुनील सकारात्मक रहेको बताएका छन् । यस फिल्ममा खेल्न सुनील सकरात्मक रहेको उनले बताएका छन् ।

सुनील संगको भेटमा निर्देशक भट्टको काम गर्ने शैली उनले मन पराएको बताएका थिए । यो फिल्ममा चलेका नायक सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का लगायतका कलाकार पक्का भइसेका छन् । उनीहरुको वर्कसप समेत सुरु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर