• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

भिरबाट लडेर घाइते भएका नरेन्द्रको नेपाली सेनाको हेलिकोप्टरमार्फत गरियो उद्धार

भिरबाट लडेर घाइते भएका नरेन्द्रको नेपाली सेनाको हेलिकोप्टरमार्फत गरियो उद्धार


  • ओएसनेपाल
  • असोज २३ २०७८, शनिबार
  • २:४९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.3K
    SHARES

    बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ ।

    सोही गाउँपालिका–२ साप्पाटा बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बुढा शुक्रबार भिरबाट लडेर घाइते भएर अवस्था गम्भीर भएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च व्यहोर्ने गरी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

    प्रशासनको समन्वय र मन्त्रालयको सहयोगमा घाइते भएका बुढाको उद्धार गरिएको प्रजिअ अधिकारीको भनाइ छ । उद्धार गरिएका बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend