हल्दिवारी उधोग बाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न — OSNepal

हल्दिवारी उधोग बाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

LC (KTM) October 09, 2021 0

हल्दिवारी उधोग बाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम प्रदेश सभा सदस्य वसन्त बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।बाणिज्य संघका अध्यक्ष सुमन्त मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिवारी गाउँपालिका का जेष्ठ व्यवसायी ९० बर्षिय देउकी कानु शाहलाई कदर- पत्र सहित अभिनन्दन गरिएको थियोे ।

बिजयी दशमी ,दिपावली तथा छठ पर्व समेतलाई मध्य नजर गर्दै आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रम मार्फत संघले आफ्नो पहिलो गतिविधि सार्वजनिक गरेको हो ।शुभकामना आदानप्रदान कार्यक्रम लाई प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय वसन्त बानियाँ, कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी ,हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन , उधोग बाणिज्य संघ प्रदेश १ सदस्य कुमार भट्टराईले शुभकामना व्यक्त गर्नु भएको थियोे ।

त्यस्तै , वडा नम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा , २ का वडा अध्यक्ष राजेन्द्र योङहाङ ,नेपाली काङ्ग्रेस हल्दिवारी सभापति गङ्गा प्रसाईं , एकीकृत समाजवादीका हल्दिवारी इन्चार्ज धर्म सिवाकोटी ,नेपाल चिया तथा कफि बिकास बोड सदस्य हर्क तामाङले समेत शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

हल्दिवारी उधोग बाणिज्य संघका सदस्य महेशलाल मेचेले स्वागत तथा सस्थाको औचित्य माथी प्रकाश पारेको कार्यक्रमको सहजीकरण सस्थाका महासचिव कृष्ण प्रसाद प्रसाईले गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर