झापामा साहित्य कला संस्कृति प्रतिष्ठानको स्थापना — OSNepal

झापामा साहित्य कला संस्कृति प्रतिष्ठानको स्थापना

LC (KTM) October 09, 2021 0

झापामा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको छ । साहित्यकार , गीतकार ,कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर, र सदस्यहरुमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् । साहित्य कला संस्कृतिमा रुची राख्ने व्यक्तिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् ।

साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडले पहिलो कार्यक्रमको रुपमा दशैं, तिहार , छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम गरेको छ । विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा साहित्यकार तथा प्राध्यापक देवी संग्रौला , तुलसीप्रसाद भट्टराई, टीका चापागाईं , अच्युत दाहाललगायतले रचना वाचन गरेका थिए भने गायक तथा कलाकार मात्रिकाप्रसाद संग्रौलाले गीत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा उदियमान कवि विजय संग्रौलाद्वारा लिखित अन्तिम विदाई नामक कविता संग्रहको विमोचन समेत गरिएको थियो । उक्त कृतिको समिक्षा साहित्यकार तथा प्राध्यापक देवी संग्रौलाले गरेका थिए ।

कार्यक्रममा लेखक संग्रौलाले अन्तिम विदाई आफ्नो पहिलो कृतिका रुपमा सार्वजनिक गरिएको बताए । कार्यक्रममा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने अन्तिम विदाईका लेखक विजय संग्रौलालाई उदीयमान लेखकको रुपमा सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर