• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

बसन्त र मेलिनाको स्वरमा सुधीर र गरिमाको ‘राधा पियारी’

बसन्त र मेलिनाको स्वरमा सुधीर र गरिमाको ‘राधा पियारी’


  • ओएसनेपाल
  • असोज २३ २०७८, शनिबार
  • ३:२१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ३ मिनेट
  • 2.8K
    SHARES

    काठमाडौं,२३ असोज-संगीतकारका रुपमा परिचित बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ ।काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष,बरिष्ट संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार बसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाएका थिए ।

    अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर छन् । कार्यक्रममा सुधीरले आफ्ना बिगतका भिडियो झै ‘राधा पियारी’ पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे । त्यसैगरी, गरिमाले गीतको शब्द, स्वर, संगीत मात्रै नभइ भिडियो पनि उत्कृष्ट बनेकाले दर्शकको प्रतिक्रिया लिन आफू निकै आतुर रहेको बताइन् । ‘यो गीतको हिस्सा बन्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ गरिमाले भनिन्, ‘मैले आफूले सक्दो मिहीनेत गरेको छु । दर्शकले मन पराउनेमा आशावादी छु ।’ यसअघि पनि थुप्रै भिडियोमा गरिमासँग काम गरेकाले आफूलाई गरिमा सहज लाग्ने सुधीरले बताए ।
    निर्देशक काजी र श्यामले आफूहरुले भिडियोमा ‘कमेडी फ्लेभर’ प्रस्तुत गर्न खोजेको बताउदै भने, ‘गीतको भाव अनुसार दर्शकलाई अधिक मनोरञ्जन दिने कोसिस गरेका छौ । सोहीअनुरुप नै हास्य रस मिसाएका हौ ।’गायिका मेलिनाले आफूले बसन्त सापकोटाको संगीतमा थुप्रै गीतहरु गाएको र सफलसमेत भएको स्मरण गर्दै उनीसँग यो गीतमा पुनः सहकार्य गर्न पाउदा खुशी लागेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले बसन्तको संगीत तथा गायन कलाको प्रसंसा गरे । उनले बसन्तका हरेक गीतका आफ्नै बिशेषता रहेको बताउदै अझ प्रगतिको शुभकामना ब्यक्त गरे ।

    त्यसैगरी, कार्यक्रमका अर्का अतिथि निर्देशक कृष्णमुरारी ढुंगेलले गीतको मर्मअनुरुपको भिडियो बनेकोमा निर्देशक तथा सुधीर र गरिमाको तारिफ गरे । उनले बसन्त र मेलिनाको गायन कलाको पनि प्रसंसा गरे । अर्का अतिथि संगीतकार चेतन सापकोटाले गीत र भिडियो आफूलाई निकै मन परेको बताए । उनले बसन्तको संगीत मात्र होइन, गायन पनि उत्तिकै अब्बल रहेको र उनले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

    संचारकर्मी लक्ष्मण सुवेदीले संचालन गरेको कार्यक्रममा ‘राधा पियारी’ मा संलग्न कलाकर्मीलाई मायाको चिनो प्रदान गरिएको थियो ।गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युव च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ । उत्सव दाहालले खिचेको भिडियोको कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन् । बिकास दाहालले सम्पादन गरेको भिडियोको प्रस्तुतकर्ता भिमा लोहार छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend