ईण्डिया बेस्ट डान्सर २ : लन्च इभेन्टमा प्रतिष्पर्धीको यस्तो हर्कत देखी डराईन मलाइका अरोडा — OSNepal

ईण्डिया बेस्ट डान्सर २ : लन्च इभेन्टमा प्रतिष्पर्धीको यस्तो हर्कत देखी डराईन मलाइका अरोडा

LC (KTM) October 09, 2021 0

ईण्डिया बेस्ट डान्सरको दोस्रो सीजन एकदमै चाँडै आउने भएको छ । यस डान्स रियालिटी शो मा एक पटक फेरी मलाइका अरोडा, गीता कपुर तथा टेरेन्स लुईस जज प्यानलमा देखिने भएका छन् । शुक्रबार शो को लन्च इभेन्ट राखिएको थियो जस्को तस्बीरहरु बाहिर आएको छ । यस दौरान ३ नै जना जजहरुले प्रतिष्पर्धीहरु संग भेट गरेका छन् । तर प्रतिष्पर्धीहरु संग भेट्न यस पटक मलाइका डराएकी छिन् ।

मलाइकाले एक अन्र्तबार्तामा भनेकी छिन्– हो म थोरै डराएको थिए त्यतिबेला कोरोनाको समय रहेको थियो । एक प्रतिष्पर्धी अचानक आफ्नो छेउमा आएको र मेरो गाला छुन लागेका थिए । म केही सेकेण्डको लागि एकदमै डराएकी थिए । उनी एकदमै मायाले मेरो गाला छोई रहेका थिए साथै उनले मेरो मन समेत जिते , म एकदमै खुशी थिए । तर पनि मलाई डर लागिरहेको थियो कि उनले हातमा स्यानिटाइजर गरको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर