महन्थ ठाकुर पक्षलाई पर्यो चिठ्ठा :उपप्रधानमन्त्रीसहित कम्तिमा ७ शक्तिशाली मन्त्रालयको जिम्मेवारी ! — OSNepal

महन्थ ठाकुर पक्षलाई पर्यो चिठ्ठा :उपप्रधानमन्त्रीसहित कम्तिमा ७ शक्तिशाली मन्त्रालयको जिम्मेवारी !

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजावादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षलाई सत्ता लैजाने भएका छन् । आफुलाई सत्ता संघर्षमा सहयोग गरेकाहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउने बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष ठाकुर पक्षलाई उपप्रधानमन्त्रीसहित कम्तिमा ७ शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिने तयारी समेत ओलीले गरिसकेको बुझिएको छ ।

गएको जेठ ७ गते प्रधानमन्त्रीको लागि दावी गर्दा हस्ताक्षरसहितको समर्थन ओलीलाई गरेकाले ठाकुर पक्षकाशरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र चन्दा चौधरी मन्त्री बन्ने लगभग पक्का भएको छ ।भने,विमल प्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, लक्ष्मणलाल कर्ण, प्रमोद साह, र चन्द्रकान्त चौधरी पनि मन्त्री हुने सम्भावना रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर