शाहरुख खानका ड्राइभरलाई सोधपुछका लागि एनसीबीले बोलायो — OSNepal

शाहरुख खानका ड्राइभरलाई सोधपुछका लागि एनसीबीले बोलायो

LC (KTM) October 10, 2021 0

आर्यन खान ड्रग्स केसमा एक ठुलो जानकारी बाहिर आएको छ । यस केसमा अब सोधपुछको लागि सुपरस्टार शाहरुख खानका ड्राइभरलाई एनसीबीले बोलाएको छ । अहिले किंग खानका ड्राइभर संग एनसीबीको कार्यालयमा सोधपुछ चलिरहेको छ । शाहरुखको ड्राइभरको नाम राजेश मिश्रा रहेको छ । एनसीबी सुत्रका अनुसार शाहरुख खानका ड्राइभरसंग सोधपुछ अनुषन्धानको एक हिस्सा रहेको छ । बिशेष सुत्रका अनुसार आर्यन खान, अरबाज मर्चेन्ट, प्रतीक गाबासंग एक ब्यक्ति आर्यनको घरबाट निस्किएका थिए ।

उनीहरु सबै एकै साथ क्रुज पार्टीको लागि निस्किएका थिए । उनीहरु एक योजना बनाएरै घरबाट निस्किएका थिए । एनसीबीले यहि कुरालाई थप पुष्टि गर्नका लागि शाहरुख खानको ड्राइभर संग सोधपुछ गरिरहेको छ । तर अहिले सम्म परिवार तथा उनी संग जोडिएका कोही ब्यक्ति संग पनि सोधपुछ गरिएको छैन । अहिले आर्यन मुम्बईको आर्थर रोड जेलमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर