पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गाडीले १० वर्षीय सुशीललाई ठक्कर दियो — OSNepal

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गाडीले १० वर्षीय सुशीललाई ठक्कर दियो

LC (KTM) October 10, 2021 0

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२च ३७५४ नंको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका उनलाई एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । यता दुर्घटना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर