दु:खमा आफुलाई साथ दिएको भन्दै 'बादल'लाई सरकारमा लाने ओलीको तयारी — OSNepal

दु:खमा आफुलाई साथ दिएको भन्दै ‘बादल’लाई सरकारमा लाने ओलीको तयारी

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुनिकट रामबहादुर थापा बादललाई सरकारमा लाने भएका छन् । सांसद पद गुमाएपछि सर्वोच्चले गृहमन्त्रीको पद पनि खारेज गरेपछि तनाव रहेका बादललाई ओलीले आफुलाई दु:ख पर्दा साथ दिएको भन्दै उपप्रधान- मन्त्रीसहित गृहमन्त्रीको जिम्मा दिने बुझिएको छ ।

सत्ता टिकाउन निकै मिहेनत गरेका पुर्व माओवादीका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको पनि सम्भावना रहेको छ । उनीहरुको पनि पार्टी परिर्वतन गरेसँगै सांसद पद खारेज भएको हो । भने केहि दिन अगाडी मात्र सर्वोच्चले मन्त्री पदबाट पनि बर्खास्त गरेको थियो ।

ओलीलाई सत्तामा टिकाउन निकै कसरत गरेका अर्का नेता महेश बस्नेत पनि सम्भावना बोकेका नेता हुन् । जसलाई मन्त्रालयको जिम्मेवारी दिने स्रोतले जनाएको छ । साथै गोकुल बाँस्कोटा र कर्ण थापा पनि सरकारमा जाने अवसर पाउने सम्भावना रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर