२०७१ सालदेखिकै १३ करोड रुपैयाँ उद्योगीले अझै पनि उखु किसानलाई दिएनन् — OSNepal

२०७१ सालदेखिकै १३ करोड रुपैयाँ उद्योगीले अझै पनि उखु किसानलाई दिएनन्

LC (KTM) October 10, 2021 0

काठमाडौं । उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘हिन्दुको दसैं जस्तो ठूलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने।

अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको ६ करोड तिर्न बाँकी छ। श्रीराम सुगर मिल रौतहटले तीन करोड भुक्तानी अझै गरेको छैन। इन्द्र सुगर मिल नवलपरासी र लुम्बिनी चिनी मिलले किसानको दुईरदुई करोड दिएका छैनन्।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

गत वर्ष किसानलाई ९० करोड भुक्तानी दिन बाँकी थियो। समस्या समाधानका लागि सरकारले उद्योग, कृषि र अर्थ मन्त्रालय सम्मिलित एक कार्यदल बनाएको थियो। ९० करोडमध्ये २५ करोड विवादित भनिएको थियो। ६५ करोड भुक्तानी गर्न उद्योगी सहमत भएका पनि थिए। तर, कैयौं पटकको आन्दोलनपश्चात् उनीहरूले हालसम्म ५२ करोड मात्रै तिरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर