स्याङ्गजाको सिडिओमा गंगाबहादुर क्षेत्री नियुक्त



स्याङ्गजा-गृह मन्त्रालयले स्याङ्जा जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा गंगाबहादुर क्षेत्रीलाई नियुक्त गरेको जानकारी दिएको छ ।मन्त्रालयको बुधवारको निर्णयअनुसार दाङको इलाका प्रमुख रहेका वरिष्ठ उपसचिव क्षेत्रीलाई रिक्त सिडिओमा पठाइएको हो । तात्कालिक सिडिओ रामबहादुर कुरुङवाङलाई बाँके जिल्ला प्रमुखमा सरुवा गरेसँगै स्याङ्जा रिक्त रहेको थियो ।

Comment